सोमबार ८.१६ अंकले घटेर २ हजार ६ सय ६२.९१ अंकमा ओर्लेको नेप्से मंगलबार २०.७५ अंकले घटेको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पौने २१ अंकले घटेर बन्द भएको छ । सोमबार ८.१६ अंकले घटेर २ हजार ६ सय ६२.९१ अंकमा ओर्लेको नेप्से मंगलबार २०.७५ अंकले घटेको हो ।
अघिल्लो दिनको तुलनामा ०.७७ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ४२.१५ अंकमा ओर्लेर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्यो, २१४ कम्पनीको मूल्य घट्यो । बाँकी ६ कम्पनीको स्थिर रह्यो ।
मंगलबार कुल ८३ हजार ७५ पटकको सेयर कारोबारमा २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो । सोमबार सेयर बजारमा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापारको परिसूचक सामान्य अंकले बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपनि नेप्से उच्च अंकले घटेको हो ।
