अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६२.९१ अंकमा ओर्लेर बन्द भएको छ ।
काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन सोमबार नेप्से करिब सवा ८ अंकले घटेर बन्द भएको छ । गत साता आइतबारदेखि बुधबारसम्म नेप्से निरन्तर घटेको नेप्से बिहीबार ८.९७ अंकले बढेर २ हजार ६ सय ७१.०७ विन्दुमा बन्द भएको थियो ।
आइतबार सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द थियो । सोमबार खुलेको बजारमा गत बिहीबारको वृद्धिले निरन्तरता पाउन सकेन । परिणामत: सोमबार नेप्से ८.१६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६२.९१ अंकमा ओर्लेर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्यो, १६३ कम्पनीको मूल्य घट्यो । बाँकी ९ कम्पनीको स्थिर रहृयो ।
सोमबार कुल ८० हजार ५ सय ५९ पटकको सेयर कारोबारमा १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार सेयर बजारमा ११ अर्ब १० करोड २५ लाख रुपैयाा बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधनको परिसूचक सामान्य सकारात्मक रहे । तर, बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावट भएको हो ।
