पर्यटक भिसाको लागि बिहान ९ देखि १२ सम्म दूतावासमा *वाक-इन* आवेदन स्वीकार गरिनेछ । जसमा राहदानी, ई-भिसा रसिद, विमान टिकट, बैंक स्टेटमेन्ट, होटल बुकिङलगायत कागजात साथमा लानुपर्नेछ ।
काठमाडौँ — मलेसियाको इलेक्ट्रोनिक भिसा (ई-भिसा) प्रणालीमा आएको प्राविधिक समस्याको कारण दूतावासले काठमाडौंमा अस्थायी रूपमा म्यानुअल भिसा प्रक्रिया काउन्टर सञ्चालन गर्ने निर्णय गरेको छ । दूतावासले पर्यटक र कामदार भिसाका लागि छुट्टाछुट्टै समय तथा प्रक्रिया निर्धारण गरेको छ ।
पर्यटक भिसाको लागि बिहान ९ देखि १२ सम्म दूतावासमा *वाक-इन* आवेदन स्वीकार गरिनेछ । जसमा राहदानी, ई-भिसा रसिद, विमान टिकट, बैंक स्टेटमेन्ट, होटल बुकिङलगायत कागजात साथमा लानुपर्नेछ ।
नयाँ आवेदनको शुल्क प्रतिआवेदन ७०० रुपैयाँ रहेको छ । काउन्टरमा नगद वा बैंक ड्राफ्टबाट तिर्न सकिनेछ ।
(कामदार भिसा को लागि *अप्वाइन्टमेन्ट* लिएर मात्र आउनुपर्नेछ । यसका लागि
- राहदानी
- ई-भिसा रसिद
- कलिङ लेटर (मलेसियाको कम्पनीबाट)
- कम्पनी वा प्रतिनिधिको इमेल
- थप सहयोगी कागजात
- दूतावासको पठाएको इमेलको प्रति पेस गर्नुपर्छ ।
दूतावासले म्यानुअल काउन्टर कति दिनसम्म चल्लाइने भन्ने उल्लेख गरेको छैन । तर ई-भिसा प्रणालीमा समस्या नसुल्झेसम्म यो व्यवस्था जारी रहने जनाएको छ ।