नेप्सेको घट्नेक्रम थामिएन, पौने ११ अर्बको सेयर किनबेच

अघिल्लो दिन १०.२४ अंकले घटेको नेप्से सोमबार २६.०५ अंकले घटेको हो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

NEPSE's decline continues, shares worth Rs. 11.5 billion are traded

काठमाडौं — सेयर कारोबार नेप्से परिसूचक सोमबार २६.०५ अंकले घटेको छ ।

अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७२.३९ विन्दुमा झरेर बन्द भएको छ । अघिल्लो दिन १०.२४ अंकले घटेको नेप्से सोमबार २६.०५ अंकले घटेको हो ।

कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्यो, ११२ कम्पनीको मूल्य घट्यो । बाँकी ६ कम्पनीको स्थिर रह्यो ।

सोमबार कुल १ लाख २ हजार ८१ पटकको सेयर कारोबारमा २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार सेयर बजारमा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से २६ अंकले घट्न दबाब पुगेको हो ।

कान्तिपुर

Link copied successfully