दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

बिहीबार २७.१९ अंकले बढेर बन्द भएको नेप्से आइतबार १०.२५ अंकले घटेको हो ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

NEPSE drops by double digits, trading volume increases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । गत बिहीबार २७.१९ अंकले बढेर बन्द भएको नेप्से आइतबार १०.२५ अंकले घटेको हो ।

बिहीबारको तुलनामा ०.३७ प्रतिशतले घटेपछि आइतबार समग्र नेप्से २ हजार ६ सय ९८.४४ अंकमा ओर्लेको छ । कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्यो, १६८ कम्पनीको मूल्य घट्यो । बाँकी ७ कम्पनीको स्थिर रह्यो ।

आइतबार कुल १ लाख ११ हजार ९ सय ७८ पटकको सेयर किनबेचमा २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार सेयर बजारमा ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र अन्यको परिसूचक सामान्य बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully