नेपाली सेफ राहुलबाबु युएईमा पुरस्कृत

राहुलबाबुले युएईको चर्चित होटल ‘एट्लान्टिस द रोयल’ मा आयोजित कार्यक्रममा ‘फ्युचर ग्रेट अफ द इयर’ विधातर्फको अवार्ड प्राप्त गरेका हुन् ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Nepali chef Rahul Babu awarded in UAE

काठमाडौँ — नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा पुरस्कृत भएका छन् । युएईमा सम्पन्न ‘द गोल्ड एण्ड मिलो २०२६ अवार्ड’ समारोहमा श्रेष्ठसहित पाँचजना सेफलाई सम्मान गरिएको हो ।

युएईको चर्चित होटल ‘एट्लान्टिस द रोयल’ मा आयोजित कार्यक्रममा श्रेष्ठले ‘फ्युचर ग्रेट अफ द इयर’ विधातर्फको अवार्ड प्राप्त गरेका हुन् ।

चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त अवार्ड हात पारेका हुन् । श्रेष्ठ युएईको दुई मिसेलिन स्टार प्राप्त रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफका रूपमा कार्यरत छन् । समारोहमा विभिन्न विधातर्फ १२ रेस्टुरेण्टलाई अवार्ड प्रदान गरिएको थियो ।

बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लियामा अध्ययन गरेका श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना चितवन को–इ समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन् ।

परिवारको परम्परागत व्यवसायभन्दा फरक बाटो रोज्दै पाककला क्षेत्रमा करिअर बनाएका उनले विश्वविद्यालयको अध्ययन पूरा गरेपछि फ्रान्सको चर्चित ‘ले म्यान्वार ओ क्वा सैजों’ तथा मार्कस वेयरिङको ‘द स्क्वायर’ जस्ता मिसेलिन स्टार प्राप्त भान्साहरूमा प्रशिक्षण लिएका थिए । त्यसपछि लण्डन, सिंगापुर र नर्वेका रेस्टुरेन्टमा काम गर्दै युएई पुगेका हुन् ।

कान्तिपुर

Link copied successfully