एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ १४ हजार ४ सयले बढेको हो । मंगलबार सुनको भाउ एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ थियो ।
माघ १६ गते एकैदिन ऐतिहासिक वृद्धि भएको सुनको भाउ केही दिनयता भने घट्न थालेको थियो । माघ १६ गते एकैदिन २० हजार ४ सयले बढेर सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय पुगेको थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।
बुधबार चाँदीको भाउ पनि केही बढेको छ । मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रहेको चाँदीको मूल्य बुधबार ५ हजार ६ सय रुपैयाँ पुगेको छ
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५८ र चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
