साढे ४ अर्ब लगानीमा चितवनमा देउराली जनताको उत्पादन केन्द्र

भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरमा देउराली जनताले उत्पादन एकाइ स्थापना गर्न लागेको हो ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Deurali People's Production Center in Chitwan with an investment of 4.5 billion

काठमाडौँ — देउराली जनता फर्मास्युटिकल्सले चितवनमा ४ अर्ब ४५ करोड रुपैयाँ लगानीमा उत्पादन केन्द्र स्थापना गर्ने भएको छ ।

भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरमा देउराली जनताले उत्पादन एकाइ स्थापना गर्न लागेको हो ।

३५ औं वार्षिकोत्सवका अवसरमा कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले आगामी दुई वर्षभित्र निर्माण सकेर विश्वस्तरको परियोजनामार्फत औषधि उत्पादन गर्ने घोषणा गरेका हुन् ।

उक्त परियोजनमा उत्पादन भएका औषधि निर्यात गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्न सकिने लक्ष्य रहेको शर्माले बताए ।

प्रस्तावित नयाँ कारखानामा ५ सय ५० जनाले रोजगारी पाउने कम्पनीले दाबी गरेको छ । कम्पनीले २ सय ९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

६ सय ७५ जनाले रोजगारी पाएको उद्योगबाट क्याप्सुल, ट्याब्लेट, झोल औषधि, मलक र धूलो औषधि उत्पादन भइरहेको कम्पनीका निर्देशक सुरजभक्त पौडेलले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully