यसअघि उनले माछापुच्छ्रे र तत्कालीन सनराइजलगायत बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।
काठमाडौँ — प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) मा सुमन शर्मा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले आजैदेखि (मंगलबार) लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि निवर्तमान सीईओ अशोक शेरचन निलम्बन भएका थिए । त्यसपछि सञ्चालक समितिले गत मंसिर १४ मा निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।
सोही खाली रहेको सीईओ पदमा शर्मा नियुक्त भएका हुन् । शर्मा राम्रो छवि बनाएका अनुभवी बैंकर हुन् । यसअघि उनले माछापुच्छ्रे र तत्कालीन सनराइजलगायत बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।
