नेप्सेमा १२.५८ अंकको गिरावट, कारोबार रकम बढ्यो

अघिल्लो दिन झिनो अंकले बढेर बन्द भएको नेप्से मंगलबार १२.५८  अंकले घटेको हो ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

NEPSE falls 12.58 points, trading volume increases

काठमाडौँ — सेयर कारोबार नेप्से परिसूचक मंगलबार साढे १२ अंकले घटेको छ । अघिल्लो दिन झिनो अंकले बढेर बन्द भएको नेप्से मंगलबार १२.५८  अंकले घटेको हो ।

सोमबारको तुलनामा ०.४६ प्रतिशतले घटेपछि मंगलबार समग्र नेप्से २ हजार ६ सय ८३.१५ अंकमा ओर्लेको छ ।

कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्यो, १९० कम्पनीको मूल्य घट्यो । र बाँकी ३ कम्पनीको स्थिर रहयो ।

मंगलबार कुल ९२ हजार ३ सय ३८ पटकको सेयर किनबेचमा १ करोड ८७ लाख ३ हजार १ सय ८३ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । सोमबार सेयर बजारमा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully