तोलाको ३७ सयले बढ्यो सुनको मूल्य

सोमबार प्रतितोला सुनको मूल्य २ लाख ८६ हजार ६ सय कायम भएको थियो ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Gold price increases by 3,700 per tola

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३ सय र  त्यति नै परिमाणको चाँदीको ५ हजार ३३५ कायम भएको छ । आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६ सय कायम भएको थियो । एक तोला चाँदी ५ हजार २ सयमा खरिदबिक्री भएको थियो । 

कान्तिपुर

Link copied successfully