तलब सूचकांक ६.०३ प्रतिशतले बढ्यो, कर्णाली सबैभन्दा पछि

प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेशको तलब तथा ज्याला सूचकांक सबैभन्दा बढी ९.७१ प्रतिशतले बढेको छ ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Salary index increased by 6.03 percent, Karnali is the last

काठमाडौँ — गत आर्थिक वर्षको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा तलब तथा ज्याला सूचकांक ६.०३ प्रतिशतले बढेको छ ।

यो सूचकांकले गत वर्षको पुसको तुलनामा यस वर्षको सोही अवधिमा कामदार (श्रमिक)को तलब तथा ज्यालमा ३.१८ प्रतिशत विन्दुले सुधार भएको देखाउँछ । गत वर्षको सोही दोस्रो त्रैमासमा यस्तो सूचकांक २.८५ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेशको तलब तथा ज्याला सूचकांक सबैभन्दा बढी ९.७१ प्रतिशतले बढेको छ । सबैभन्दा कम तलब तथा ज्याला सूचकांक बढ्ने प्रदेश कर्णाली हो । यो प्रदेशको तलब तथा ज्याला सूचकांक वृद्धिदर २ प्रतिशत छ । जसअनुसार कोशी प्रदेशको तलब तथा ज्याला सूचकांक वृद्धिदर ६.७७, मधेश प्रदेशको ४.४२, बागमती प्रदेशको ४.७४, गण्डकी प्रदेशको ९.७१ प्रतिशत, लुम्बिनी प्रदेशको ८.६४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६० प्रतिशत रहेको छ ।

कान्तिपुर

Link copied successfully