झिनो अंकले बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार

अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले सोमबार सामान्य वृद्धिको बाटो पछ्याएको हो ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

NEPSE increases by a small percentage, turnover is 8.25 billion

काठमाडौँ — सेयर कारोबार नेप्से परिसूचक सोमबार सीमान्त अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा १.५३ अंकले बढेपछि समग्र नेप्से २ हजार ६ सय ९५.७३ विन्दुमा पुगेर बन्द भएको छ । यो ०.०५ प्रतिशतको वृद्धि हो ।

 

अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले सोमबार सामान्य वृद्धिको बाटो पछ्याएको हो । कारोबारमा आएकामध्ये ११४ कम्पनीको सेयर मूल्य बढ्यो, १३४ कम्पनीको मूल्य घट्यो । र बाँकी १३ कम्पनीको स्थिर रहयो ।  

सोमबार कुल ९१ हजार ६१ पटकको सेयर किनबेचमा १ करोड ७५ लाख ७ हजार ७ सय ७६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । आइतबार र बुधबार सेयर बजारमा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक सामान्य सकारात्मक रहे । बाँकी उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से झिनो अंकले बढेको हो ।

कान्तिपुर

Link copied successfully