सुनको मूल्य ओरालोतिर, तोलामै १८ हजार ८ सय रुपैयाँले घट्यो

सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Gold prices on the decline, down by Rs 18,800 per tola

काठमाडौँ — आइतबार एकैदिन सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बिहीबार एकैदिन ऐतिहासिक वृद्धि भएको सुनको भाउ शुक्रबार सोही अनुपातमा घटेको हो । गत बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २० हजार ५ सयले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय कायम भएको थियो । शुक्रबार २० हजार ५ सय रुपैयाँले नै घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

चाँदीको मूल्य पनि १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार  प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य ४ सय ४० ले घटेर तोलाको ७ हजार ६५ पुगेको थियो । 

केही दिनयता नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र अर्थतन्त्रमा परेको छ ।

कान्तिपुर

Link copied successfully