अब सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिन मिल्ने

सूर्यकुण्ड हाइड्रोको आईपीओमा प्रतिकित्ता सेयर एक सय रुपैयाँ हुनुपर्नेमा १० रुपैयाँ भएपछि 'मेरो सेयर' एपबाट हटाइएको थियो । 

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Applications can now be submitted for Suryakunda Hydro's IPO

What you should know

काठमाडौँ — सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिन मिल्ने भएको छ । सूर्यकुण्ड हाइड्रोको आईपीओमा प्रतिकित्ता सेयर एक सय रुपैयाँ हुनुपर्नेमा १० रुपैयाँ भएपछि 'मेरो सेयर' एपबाट सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हइटाएको थियो । उक्त समस्या समाधान गरेसँगै फेरि सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिन मिल्ने भएको हो ।

कुमारी क्यापिटलले आइतबारदेखि सूर्यकुण्ड हाइड्रोको सवर्साधारणका लागि आईपीओ जारी गरेको छ ।सीडीएससीले निष्कासन तथा बिक्री प्रबन्धक रहेको कुमारी क्यापिटलले प्रतिकित्ता सेयरको मूल्यमा त्रुटि भएकाले सूचना हटाइएको र समस्या समाधान भएपछि पुनः आवेदन खुला गरिने जनाएको थियो ।

समस्या समाधान गरेसँगै अहिले मेरो सेयर एपमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओको सूचना देखिएको छ ।सर्वसाधरणका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गरिएको छ । उक्त समस्या समाधान भएसँगै सर्वसाधरणले आईपीओको लागि आवेदन खुला गरिएको  हो । 

निष्कासन तथा बिक्री प्रबन्धक रहेको कुमारी क्यापिटलले सि-आस्बा प्रणालीमा प्रतिकित्ता सेयर १०० रुपैयाँ हुनुपर्नेमा प्रति कित्ता सेयर १० रुपैयाँ राखेकाले हटाइएको सूचनामा उल्लेख छ ।

'कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारणहरुका लागि जारी गरिएको अंकित मूल्य १०० रुपैयाँको ५ लाख ७२ हजार ४ सय ३१ कित्ता साधारण सेयर मिति २०८२/१०/१८ गते देखि निष्कासन गरिएकामा सि-आस्बा प्रणालीमा प्रतिकित्ता सेयर १०० रुपैयाँ हुनुपर्नेमा यस क्यापिटलले भूलवश प्रतिकित्ता सेयर १० रुपैयाँ भई निष्कासन खुल्ला भएकामा सफ्टवेयरमा त्रुटि सच्याउनका लागि केही समयका लागि आवेदन दिन बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,' सूचनामा भनिएको छ ।

कान्तिपुर

Link copied successfully