सम्मेलनमा ४० भन्दा बढी शोधार्थी, नीतिनिर्माता, लगानीकर्ता तथा विशेषज्ञहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ — नेपाली पुँजी बजारमा एआई प्रयोग सम्बन्धमा विज्ञहरूमाझ छलफल भएको छ ।
व्यवस्थापन तथा कानुन संकाय, नेपाल खुला विश्वविद्यालय र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा ‘क्यापिटल मार्केट इन एआइ इरा’ विषयक प्रथम राष्ट्रिय सम्मेलनमा विज्ञहरुले पुँजीबजारमा एआईको उपयोग सम्बन्धमा छलफल भएको हो ।
सम्मेलनमा ४० भन्दा बढी शोधार्थी, नीतिनिर्माता, लगानीकर्ता तथा विशेषज्ञहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यलले पुँजी बजारमा एआईको उपयोग, नियामक भूमिका, नीतिगत स्थिति र बजारको अवस्था बारे जानकारी दिएका थिए ।
सम्मेलनमा तीन प्राविधिक सत्रमा क्यापिटल मार्केट, एआई प्रविधि र लगानी व्यवहारबारे गरिएका शोधपत्र प्रस्तुत भएका थिए ।
सम्मेलनमा नेपाली प्रतिभूति बजारमा एआईको उदयशील प्रयोग, एआई–आधारित लगानी निर्णयमा कानुनी बाधाहरू, नीतिगत छलफल, नयाँ नीतिहरूको आवश्यकतालगायतमा छलफल भएको थियो ।
यस्तै, सम्मेलनमा नेपाली पुँजी बजारको सन्दर्भमा आधारभूत र प्राविधिक विश्लेषणको महत्त्व जस्ता विषयमा पनि छलफल भएको जनाइएको छ ।
