उक्त कारोबारमा १४ अर्ब १६ करोड ७१ लाख रूपैयाँको सेयर कारोबार भएको छ
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४२.४८ अंकले घटेको छ। एक दशमलव ५३ प्रतिशतले घटेर २७ सय २६ दशमलव ५१ अंकमा ओर्लिएको छ ।
कुल ३४ कम्पनीको मूल्य बढ्यो, २२४ कम्पनिको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थि रह्यो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष स्थिर रह्यो भने बाँकी उपसमूहहरू घट्यो ।
कुल १ लाख ४२ हजार ४७६ पटकको कारोबारमा ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच भएको छ । उक्त कारोबारमा १४ अर्ब १६ करोड ७१ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
सोमबारको तुलनामा कारोबार रकम पनि घटेको छ । सोमबार १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
