बुटवल–नारायणगढ सडकमा ६१ पुल निर्माण सम्पन्न

बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार अरुणखोलामा निर्माण भएको पुल फागुन २१ को निर्वाचन अगाडि नै सञ्चालनमा ल्याउने तयारी छ।

माघ १३, २०८२

नवीन पौडेल

Construction of 61 bridges completed on Butwal-Narayangadh road

परासी — विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो।

निर्माण सकिएकामध्ये ३३ वटा पुलमा यातायात सञ्चालनमा आएको  छ। अरुणखोलामा निर्माण भएको पुल फागुन २१ को निर्वाचन अगाडि नै सञ्चालनमा ल्याउने तयारी छ। पूर्वी खण्डतर्फ निमार्ण गर्नुपर्ने २ सय ११ वटा कल्भर्टको काम पनि सम्पन्न भएको छ। 

सडक विस्तार अर्न्तगत पश्चिम खण्डमा निर्माण गर्नुपर्ने ९ वटा ठूला पुलको काम सकिएको छ। १९ साना पुलमध्ये १८ वटाको काम सम्पन्न भएको र बर्दघाटको त्रिवेणी चोकमा निमार्णाधीन पुलको केही मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ। पुल र कल्भर्ट निर्माण भएपछि यातायात सहज भएको छ। 

२०७५ माघमा काम सुर भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माणको जिम्मा लिए पनि चौथो पटक थपिएको छ। थप भएको म्याद आगामी साउनमा सकिँदै छ। एसियाली विकास बैंकको ऋण सहयोगमा १ सय १३ किलोमिटर करिब १७ अर्बको लागतमा विस्तार भइरहेको हो।  

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully