थाई बजारमा नेपालको पर्यटन प्रवर्द्धन

साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादन प्रवर्द्धन गरिएको थियो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Promoting Nepal's tourism in the Thai market

काठमाडौँ — नेपाल पर्यटन बोर्डले बैंककमा सम्पन्न थाई इन्टरनेसनल ट्राभल फेयर (टीआईटीएफ) २०२६ मा उपस्थिति जनाउँदै थाइल्यान्डलाई नेपालको प्रमुख पर्यटन स्रोत बजारका रूपमा प्रचार गरेको छ ।

२२–२५ जनवरी २०२६ मा आयोजित मेलामा नेपाल एयरलाइन्स र ११ अग्रणी पर्यटन कम्पनीसहितको नेपाल प्याभिलियन मार्फत साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादन प्रवर्द्धन गरिएको थियो ।

बोर्डका अनुसार, नेपाल–थाइल्यान्डबीचको दैनिक प्रत्यक्ष उडान र साप्ताहिक २० भन्दा बढी हवाई सेवाले पर्यटन आवागमन सहज बनाउँदै थाई पर्यटकको चासो उल्लेखनीय रूपमा बढाएको छ ।

मेलाले बीटुबी नेटवर्किङलाई समेत प्रभावकारी बनाउँदै थाइ ट्राभल ट्रेड र नेपाली व्यवसायीबीच नयाँ साझेदारीको आधार तयार गरेको छ । एनटीबीका अनुसार टीआईटीएफ २०२६ मा नेपालको सहभागिताले थाई बजारमा नेपालको पर्यटन छवि सुदृढ गर्दै दीर्घकालीन पर्यटन वृद्धिका लागि बलियो आधार निर्माण गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully