सवा ९ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि 

अघिल्ला चार कारोबारका दिन लगातार बढेको नेप्से बुधबार करिब साढे ९ अंकले घटेको थियो ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 9.5 points, trading volume also increases

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार नेप्से परिसूचक ९.२३ अंकले बढेको छ ।

अघिल्ला चार कारोबारका दिन लगातार बढेको नेप्से बुधबार करिब साढे ९ अंकले घटेको थियो । तर, बिहीबार भने नेप्से करिब सवा ९ अंकले बढेको हो । बुधबारको तुलनामा ०.३४ प्रतिशतले बढेर बिहीबार नेप्से २ हजार ७ सय १४.६१ अंकमा उक्लेर बन्द भएको छ ।

बिहीबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य बढ्यो, ८८ कम्पनीको मूल्य घट्यो । र बाँकी १० कम्पनीको स्थिर रहयो ।

कुल ९४ हजार १ सय ७४ पटकको सेयर किनबेचमा १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कान्तिपुर

Link copied successfully