९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

NEPSE drops by 9.43 points, trading volume also decreases

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ९.४३ अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से बुधबार शून्य दशमलव ३४ प्रतिशतले ओर्लिएको छ । 

कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूहहरु घट्यो । 

कुल ८९ हजार ७६६ पटकको सेयर किनबेचमा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार कारोबार रकम घटेको हो ।

कुल २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच भए ।  कालिका पावर कम्पनीको ९.८४, नारायणी विकास बैंकको ९.१६  रिभर फल्स पावरको ५.५०  विकास हाइड्रोपावरको ४.९८  र मान्डु हाइड्रोपावरको सेयर मूल्य ४.५८ प्रतिशतले बढ्यो । 

कान्तिपुर

Link copied successfully