साताको पहिलो दिन ३१ अंकले बढ्यो नेप्से, साढे ८ अर्बको कारोबार

आइतबार २२४ कम्पनीको सेयर मूल्य बढ्दा नेप्से ३१ अंकभन्दा बढीले उकालो लाग्यो भने कारोबार रकम अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि भएको छ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 31 points on first day of week, turnover of Rs 8.5 billion

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.१२ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.१७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७२.५५ विन्दुमा उक्लेर बन्द भएको छ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको सेयर मूल्य बढ्यो, ३१ कम्पनीको मूल्य घट्यो र ५ कम्पनीको स्थिर रह्यो। यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या निकै कम भएकाले समग्र नेप्से दोहोरो अंकले बढेको हो।

सो दिन कुल ९५ हजार ४४५ पटकको सेयर कारोबारमा १ करोड ६६ लाख ११ हजार ४ सय ७९ कित्ता सेयर किनबेच भए। ती किनबेचमा ८ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो। गत बिहीबार सेयर बजारमा ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से ३१ अंकभन्दा बढीले उकालो लागेको हो।

कान्तिपुर

Link copied successfully