शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सयले बढेको छ ।
काठमाडौँ — आज एक तोला छापावाल सुनको मूल्य २ लाख ७७ हजार ८ सय कायम भएको छ ।
त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६२५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत बिहीबार छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५ सय र शुक्रबार २ लाख ७७ हजार २ सयमा कारोबार भएको थियो । बिहीबार एक तोला चाँदी ५ हजार ४८५ र शुक्रबार ५ हजार ६४५मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
