नवनिर्वाचित कार्यसमितिले आन्तरिक उड्डयन क्षेत्रको विकास, सुरक्षित सेवा प्रवाह तथा उद्योगको संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ — वायुसेवा संचालक संघ (आवोन) को शुक्रबार सम्पन्न २५औँ साधारणसभाबाट प्रतापजंग पाण्डे अध्यक्षमा चुनिएका छन् । पाण्डे कैलाश हेलिकप्टर सर्भिसेस लि.का संचालक हुन् ।
लाजिम्पाटमा सम्पन्न साधरणसभामा प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका संचालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका सीईयो श्री सुभास सापकोटा, तृतीय उपाध्यक्ष तारा एयरका सीईयो उमेश पनेरु चयन भएका छन् ।
यसैगरी, महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चयन भएका छन् ।
सदस्यहरूमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट तथा हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले आन्तरिक उड्डयन क्षेत्रको विकास, सुरक्षित सेवा प्रवाह तथा उद्योगको संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
