सन् २०२६ को पहिलो लिलामीमा २४३ केजीको ब्लुफिन टुना माछा कीर्तिमानी ३२ लाख डलरमा बिक्री भएको थियो ।
काठमाडौँ — टोकियोको टोयोसु माछा बजारमा सोमबार टुना लिलामीमा मोल लगाउँदै थोक र खुद्रा व्यापारी । सन् २०२६ को पहिलो लिलामीमा २४३ केजीको ब्लुफिन टुना माछा कीर्तिमानी ३२ लाख डलरमा बिक्री भएको थियो ।
जापानको प्रख्यात सुसी रेस्टुराँ चेन जनमाईको सञ्चालक कियोमुरा कर्पले त्यो माछा किनेको थियो । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार जापानको टुना माछाको बजार करिब २ अर्ब डलरको छ । र, आगामी दस वर्षभित्र त्यो बढेर साढे २ अर्ब डलर पुग्ने अनुमान छ । तस्बिरः एपी
