सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

पावरहाउस लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि विद्युत् उत्पादन सुरु भएको कार्यालय प्रशासनले जनाएको छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Sanima Middle Tamor Hydropower resumes electricity production

ताप्लेजुङ — मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ ।

पावरहाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए ।

केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए ।

करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यो आयोजना जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully