दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

अघिल्लो दिनको तुलनामा यो ०.३९ प्रतिशतले कम हो । यससँगै समग्र नेप्से २ हजार ६ सय १०.६३ विन्दुमा ओर्लेको छ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

NEPSE drops by double digits, trading volume increases

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सो दिन नेप्से १०.२९ अंकले घटेको हो । 

अघिल्लो दिनको तुलनामा यो ०.३९ प्रतिशतले कम हो । यससँगै समग्र नेप्से २ हजार ६ सय १०.६३ विन्दुमा ओर्लेको छ ।

आइतबार दिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्यो, १७१ कम्पनीको मूल्य घट्यो र ९ कम्पनीको स्थिर रहयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

सो दिन कुल ७९ हजार ७०२ पटकको सेयर कारोबारमा १ करोड २ लाख ७४ हजार १ सय २६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढे । बाँकी सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो । 

कान्तिपुर

Link copied successfully