५ महिनामै सवा १ अर्ब रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात 

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Cement-clinker exports worth Rs 1.25 billion in 5 months

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँको सिमेन्ट र क्लिकंर निर्यात भएको छ । भन्सार विभागका अनुसार कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिकंर निर्यात भएको हो । 

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । पाँच महिनामा २९ करोड ९७ लाख रुपैयाँको क्लिकंर र ८९ करोड ६६ लाख रुपैयाँको सिमेन्ट  निर्यात भएको विभागले जनाएको छ । 

गत आर्थिक वर्षभर २ अर्ब ९१ करोड रुपैयाँको सिमेन्ट र क्लिकंर निर्यात भएको थियो । विभागका अनुसार २ अर्ब २१ करोड रुपैयाँको सिमेन्ट र ६९ करोड ७३ लाख रुपैयाँको क्लिंकर निर्यात भएको थियो । 

नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भइरहेको विभागको तथ्यांक छ । नेपालले यसअघि पनि ०६९/७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । तर तीन आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन । 

०७०/७१ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो । ०७१/७२ मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७८/७९ देखि सिमेन्ट निर्यात फेरि सुरु भएको हो । आर्थिक वर्ष ०७८/७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन र ०७७/७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । मुलुकमा ६५ सिमेन्ट उद्योग छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully