निर्वाचन आयोगका लागि ६ अर्ब ९ करोड हामीले स्वीकृति निकासा पनि दिइसकेका छौं । खर्च हुने क्रममा छ : अर्थमन्त्री खनाल
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारीबिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर चुनावमा खर्च जुटाइएको बताएका हुन् ।
करिब १२० अर्ब तयारी पूरा नभएका आयोजनाहरूको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको अर्थमन्त्री खनालले बताए ।
'निर्वाचन आयोगका लागि ६ अर्ब ९ करोड हामीले स्वीकृति निकासा पनि दिइसकेका छौं । खर्च हुने क्रममा छ । करिब १७ अर्ब म्यादी प्रहरीका लागि खर्च हुन्छ । इक्युमेन्ट, मोटर, भेहिकल गरेर २५–२६ अर्ब खर्च हुन्छ,' उनले भने ।
