साढे ४७ अंकले बढ्यो नेप्से, साढे ५ अर्ब रुपैयाँको सेयर किनबेच

आइतबार कुल ८९ हजार २५१ पटकको सेयर कारोबारमा १ करोड ३४ लाख ६८ हजार १ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 47.5 points, shares worth Rs 5.5 billion are traded

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्ला दुई कारोबार दिन झिनो अंकले उकालो लागेको नेप्से आइतबार ४७.५५ अंकले बढेको । गत बिहीबारको तुलनामा १.८३ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ३३.४२ विन्दुमा उक्लेको छ ।

चार कारोबार दिनपछि नेप्से फेरि २६ सय विन्दुमा उक्लिएको हो । गत आइतबार १९.९२ अंकको गिरावटपछि समग्र नेप्से २५ सय ९५ दशमलव १० विन्दुमा पुगेको थियो । 

कुल २३८ कम्पनीको सेयर मूल्य बढ्यो भने २१ कम्पनीको मूल्य घट्यो । कारोबारमा आएका १३ वटै उपसमूहहरु बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन लगायत रह्यो । 

आइतबार कुल ८९ हजार २५१ पटकको सेयर कारोबारमा १ करोड ३४ लाख ६८ हजार १ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत बिहीबार सेयर बजारमा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कान्तिपुर

Link copied successfully