नेपाल वायुसेवा निगमका अध्यक्ष राईले दिए राजीनामा

स्वास्थ्यसम्बन्धी समस्या तथा प्रधानमन्त्री सुशीला कार्कीबाट निर्देशित जिम्मेवारी पूरा भइसकेको जनाउँदै अध्यक्ष राईले पर्यटन मन्त्रालयमा राजीनामा पेस गरेका हुन् ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Nepal Airlines Corporation Chairman Rai resigns

काठमाडौँ — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का अध्यक्ष विक्रम राईले आइतबार पदबाट राजीनामा दिएका छन् । 

स्वास्थ्यसम्बन्धी समस्या तथा प्रधानमन्त्री सुशीला कार्कीबाट निर्देशित जिम्मेवारी पूरा भइसकेको जनाउँदै अध्यक्ष राईले पर्यटन मन्त्रालयमा राजीनामा पेस गरेका हुन् । अध्यक्ष राईलाई प्रधानमन्त्री कार्कीद्वारा कात्तिक १२ मा एक महिनाका लागि जिम्मेवारी दिइएको थियो । 

उक्त अवधि नोभेम्बरको अन्त्यमा सकिए पनि निगमसँग सम्बन्धित इन्जिनसम्बन्धी विषय टुंगोमा नपुगिसकेकाले उनी अध्यक्षको रूपमा निरन्तर कार्यरत थिए ।

उनको कार्यकालमा इजरायलको कम्पनीसँग निगमका इन्जिनसम्बन्धी विषयमा आज एमओयू सम्पन्न भएको राईले जनाएका छन् । 

प्रधानमन्त्रीबाट निर्देशित जिम्मेवारी पूरा भइसकेपछि र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै राजीनामा दिएको राईले फेसबुकमार्फत जनाएका छन् ।

कान्तिपुर

Link copied successfully