चाँदीको भाउ प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ
काठमाडौँ — पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ६९ हजार ३ सयमा कारोबार भएको सुनको भाउ आइतबार २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै शुक्रबारको तुलनामा चाँदीको भाउ २ सय ७० रुपैयाँले बढेको छ । आइतबार चाँदीको भाउ ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५ सय ३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
