बिहीबार सार्वजनिक बिदा भएकाले आज साताको अन्तिम कारोबार दिन हो । यो साता चार दिन सेयर कारोबार भएकोमा अघिल्ला दुई दिन घट्यो र पछिल्ला दुई दिन बढ्यो ।
What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.३७ अंकले बढ्यो ।
मंगलबारको तुलनामा बुधबार शून्य दशमलव ०५ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा उक्लेको हो ।
बिहीबार सार्वजनिक बिदा भएकाले आज साताको अन्तिम कारोबार दिन हो । यो साता चार दिन सेयर कारोबार भएकोमा अघिल्ला दुई दिन घट्यो र पछिल्ला दुई दिन बढ्यो ।
बुधबार कारोबारमा आएकामध्ये १११ कम्पनीको सेयर मूल्य बढ्यो, १४२ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रहृयो ।
बुधबार सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से झिनो अंकले सकारात्मक बनेको हो । यसको अर्थ केही कम्पनीको सेयर मूल्य उच्च दरले बढेको छ भन्ने हो ।
बुधबार ६२ हजार ७ सय ६८ पटकको कारोबारमा ७२ लाख २४ हजार ९ सय १७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनाका कारोबार रकम भने घटेको हो । मंगलबार ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, होटेल तथा पर्यटन, उत्पादन तथा पर्यटन, सामुहिक लगानी कोष, निर्जीवन बिमा र व्यापारको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटे ।
