सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौँ — सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । एकैदिन सुनको मूल्य तोलामा ५५ सय रूपैयाँले वृद्धि भएको छ ।
सोमबार सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सोमबार १३० रुपैयाँले बढेको थियो ।
सोमबार प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ भएको चाँदी मंगलबार ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
