यी हुन् ५ महिनामा सबैभन्दा बढी आयात-निर्यात भएका वस्तु

कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोनलगायत वस्तु सबैभन्दा बढी आयात भएको छ ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

These are the most imported and exported items in the past 5 months

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिरसम्म) मा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

 भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार आयात १५‍.८३ प्रतिशतले बढेको छ । विभागका अनुसार १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात गरेको हो । निर्यातसमेत ५८.१७ प्रतिशत बढेको छ । 

विभागका अनुसार पाँच महिनामा कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन, डायमोनियम हाइड्रोजनसुन अर्थोफोस्फेटलगायत वस्तु सबैभन्दा बढी आयात भएको छ । 

नेपालबाट अन्य मुलुकहरुमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, अन्य फेल्टका सामग्री, पाम तेललगायत वस्तु निर्यात गरिएको छ । 

नेपालबाट निर्यात हुनेभन्दा बढी मूल्यका वस्तु आयात हुँदै व्यापार घाटा बढ्दै गएको छ । 

पाँच महिनामा बढी आयात भएका वस्तु

निर्यात भएका मुख्य वस्तु

कान्तिपुर

Link copied successfully