५ महिनामा ७ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात

चालु आर्थिक वर्षको साउन–मंसिरसम्म आयात १५‍.८३ प्रतिशतले बढेको विभागले जनाएको छ ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Goods worth Rs 766 billion imported in 5 months

काठमाडौँ — चालु आर्थिक वर्षको साउन–मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार आयात १५‍.८३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १५‍.८३ प्रतिशतले बढेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा निर्यात समेत ५८.१७ प्रतिशतले बढेको छ । विभागका अनुसार १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात गरेको हो । 

आयात बढेसँगै वैदेशिक व्यापार घाटा पनि बढेको विभागको तथ्यांक छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ । नेपालले वस्तु निर्यातभन्दा बढी आयात गर्ने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा छ । गत आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा १.५२ प्रतिशत थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully