राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्दमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग गरे।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Demand to convert Ranjha Airport into an international airport

काठमाडौँ — नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्दमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग गरे। 

रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुण्डो ताललगायत यस क्षेत्रका पर्यटकीय स्थलहरूमा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न अनुरोध गरे। 

राँझा–बाँके समाजले यहाँस्थित विमानस्थललाई आधुनिकीकरण गरी अन्तरराष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन गर्न माग गरेको हो । नेपालगञ्ज क्षेत्रका उद्योग व्यवसाय, होटल, पर्यटन, यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष राहत पुग्ने भएकाले पहिलो चरणमा छिमेकी देश भारतका राजधानी दिल्लीसहित ठूला सहरहरूमा उडान गर्न सकिने गरी विमानस्थल विस्तार गर्न समाजले अनुरोध गरेको छ ।

कान्तिपुर

Link copied successfully