आइतबार ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
काठमाडौँ — साताको पहिलो कारोबार दिन नेप्से १९.९२ अंकले घटेको छ । गत बिहीबारको तुलनामा शून्य दशमलव ७६ प्रतिशतले घटेपछि समग्र नेप्से २५ सय ९५ दशमलव १० विन्दुमा ओर्लिएको छ ।
कुल १९ कारोबार दिनपछि नेप्से फेरी २५ सय विन्दुमा ओर्लिएको छ । यसअघि मंसिर ४ मा नेप्से २५ सय ६० दशमलव २९ विन्दुमा बन्द भएको थियो । त्यसयता २६ सय विन्दुकै वरपरि घुमिरहेको थियो ।
कुल ४३ कम्पनीको मूल्य बढ्यो, २०७ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । मूल्य बढ्नेभन्दा घट्ने कम्पनीहरु धेरै हुँदा समग्र नेप्सेको गिरावटमा टेवा पुगेको हो ।
कुल ७० हजार ५७६ पटकको कारोबारमा १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच भए । उक्त कारोबारमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
सामूहिक लगानी कोषबाहेक सबै उपसमूहहरु घट्यो । सामूहिक लगानी कोष शून्य दशमलव १९ प्रतिशतले बढ्यो । जीवन बिमा २०१.७३, होट तथा पर्यटन ११४.२०, निर्जीवन बिमा ८७.०६ अंकले घट्यो ।
