चिनियाँ पर्यटकलक्षित सातौँ भाषा तालिम सम्पन्न

हरेक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको यस तालिममार्फत वार्षिक ५० भन्दा बढी सहभागीलाई चिनियाँ भाषा प्रशिक्षण प्रदान गरिँदै आएको छ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Seventh language training for Chinese tourists completed

काठमाडौँ — नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सञ्चालन गरिएको सातौँ संस्करणको चिनियाँ भाषा तालिम शुक्रवार सम्पन्न भएको छ। 

नेपाल पर्यटन बोर्डले काठमाडौँस्थित चिनियाँ दूतावास तथा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसीसीइसी)को सहकार्यमा पर्यटन व्यवसायी तथा विद्यार्थीहरूका लागि तालिम आयोजना गरेको हो।

हरेक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको यस तालिममार्फत वार्षिक ५० भन्दा बढी सहभागीलाई चिनियाँ भाषा प्रशिक्षण प्रदान गरिँदै आएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा हस्ताक्षर गरिएको द्विपक्षीय सहायता सम्झौतापछि कार्यक्रम सुरु गरिएको हो।

समापन समारोहमा चिनियाँ दूतावासका उपप्रमुख झोउ पान, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा सातौँ ब्याचका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले चिनियाँ भाषामा प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मार्शल आर्ट प्रदर्शन गरेका थिए। सम्बोधन गर्दै वक्ताहरूले चिनियाँ भाषामा दक्ष जनशक्ति विकासले नेपाल–चीन पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

कान्तिपुर

Link copied successfully