सातामा सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड कायम 

मंसिर २९ मा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ र पुस ३ मा चाँदीको मूल्य ४ हजार ८० रुपैयाँ पुगेको थियो ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Gold and silver prices set new record in a week

काठमाडौँ — यो साता सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । 

सिर २९ मा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । जुन  हालसम्मकै उच्च मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुस ३ मा सुनको मूल्य घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको थियो । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नयाँ वर्ष आउन लाग्दा माग बढेकाले पनि सुनचाँदीको मूल्य वृद्धि भएको महासंघका महासचिव किरणभाई बज्राचार्यले बताए ।  चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । पुस ३ मा चाँदीको मूल्य ४ हजार ८० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो । 

अमेरिकी मुद्रास्फीति अपेक्षाभन्दा धेरै कम हुनु , करका कारण सृजित मुद्रास्फिति नियन्त्रण गर्न अमेरिकी केन्द्रिय बैंकले जनवरीबाट ब्याजदरमा फेरी कटौतीको संकेत दिनुका साथै भूराजनीतिक तनाव यथावत नै रहनु जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीप्रति आकर्षण कायमै रहेकाले मूल्य बढेको विश्‍लेषकहरुको भनाइ छ । 

दिनसुन (प्रतितोला)चाँदी (प्रतितोला)
आइतबार (मंसिर २८)२ लाख ५८ हजार ८ सय३ हजार ८ सय २५ रुपैयाँ
सोमबार (मंसिर २९)२ लाख ६० हजार ७ सय (हालसम्मकै उच्च)३ हजार ८ सय ७० रुपैयाँ
मंगलबार (पुस १)२ लाख ५९हजार३ हजार ८ सय ८५ रुपैयाँ
बुधबार (पुस २)२ लाख ५९ हजार ७ सय४ हजार ५५ रुपैयाँ
बिहीबार (पुस ३)२ लाख ६० हजार ४ सय४ हजार ८० रुपैयाँ
शुक्रबार (पुस ४)२ लाख ५८ हजार ४ सय४ हजार ५ रुपैयाँ

कान्तिपुर

Link copied successfully