कित्ताकाट खुलेसँगै बढ्यो घरजग्गा कारोबार

मंसिरमा १ लाख ५८ हजार ८९९ वटा घरजग्गा कारोबार हुँदा ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Real estate transactions increase with the opening of the Kittakaat

काठमाडौँ — चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबार उल्लेख्य मात्रामा बढेको छ । कित्ताकाट ठप्प हुँदा साउनयता र भदौमा जेनजी प्रदर्शनका क्रममा अधिकांश भूमि सुधार तथा मालपोत कार्यालयमा आगजनिभएपछि घरजग्गा कारोबार घटेको थियो । तर मंसिरमा अपेक्षित रुपमा घरजग्गा कारोबार कित्ताकाट र राजस्व बढेको छ ।

मंसिरमा १ लाख ५८ हजार ८९९ वटा घरजग्गा कारोबार हुँदा ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । मंसिरमा कित्ताकाट पनि बढेको छ । विभागका अनुसार मंसिरमा १ लाख २१ हजार ६१८ पटक कित्ताकाट हुँदा ५५ हजार ८ वटा नयाँ कित्ताकाट भएको विभागले जनाएको छ ।

पालिकाहरुले जग्गा वर्गीकरण नगर्दा साउन सुरु भएयता कित्ताकाट रोकिएको थियो । सरकारले कात्तिक २४ मा  भू-उपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको थियो । 

मंसिरमा सबैभन्दा बढी कारोबार गर्ने भूमिसुधार तथा मालपोत कार्यालयहरु

मालपोत कार्यालय कंलकी, काठमाडौं७,९७२ वटा
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा६,४४७ वटा
भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्‍ज, बाँके४,९०२ वटा
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरी४,७७८ वटा
मालपोत कार्यालय चितवन४,३५३ वटा
मालपोत कार्यालय बेलवारी, मोरङ४,१४४ वटा
भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलाली३,९२९ वटा
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल,ललितपुर३,७०४ वटा
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर३,६८७ वटा
मालपोत कार्यालय बुटवल, रुपन्देही३,५८८ वटा

कान्तिपुर

Link copied successfully