घरजग्गा कारोबारबाट चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँको राजस्व उठेको छ ।
What you should know
काठमाडौँ — चालु आर्थिक वर्ष (२०८२/२०८३)को मंसिर महिनामा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व उठेको छ । चालु आर्थिक वर्षको साउनदेखि यता सबैभन्दा बढी राजस्व मंसिरमा उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
यसअघि साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको थियो । सबैभन्दा कम राजस्व कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ उठेको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँको राजस्व उठेको छ ।
मंसिर महिनामा सबैभन्दा बढी राजस्व भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल, मालपोत कार्यालय कंलकी, मालपोत कार्यालय चावाहिल, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय कास्की, मालपोत कार्यालय चितवन, भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा, भूमि सुधार तथा मालपोत कार्यालय धनगढी र मालपोत कार्यलय बुटवलबाट संकलन भएको विभागको तथ्यांक छ ।
भूमिसुधार तथा मालपोत कार्यालयले सेवा कर, रजिष्ट्रेसन दस्तुर, डोर सुविधा शुल्क, पुँजीगत लाभकर, विलम्ब शूल्कलगायत विभिन्न शिर्षकमा राजस्व उठाउँदै आएको विभागले जनाएको छ । यसमध्ये पूँजीगत लाभकरबापत उठेको राजस्व मात्रै संघ सरकारलाइ जान्छ भने बाँकी प्रदेश र पालिकाहरुमा बाँडफाँट हुने गरेको विभागले जनाएको छ ।
सबैभन्दा बढी राजस्व उठाउने भूमिसुधार तथा मालपोत कार्यालय
| भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | ४५ करोड ६० लाख | |
| मालपोत कार्यालय कंलकी, काठमाडौं | ३४ करोड ९० लाख | |
| मालपोत कार्यालय चावाहिल, काठमाडौं | ३२ करोड ६४ लाख | |
| भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | २९ करोड ४५ लाख | |
| भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | २४ करोड ९८ लाख | |
| मालपोत कार्यालय कास्की | १७ करोड ४३ लाख | |
| मालपोत कार्यालय चितवन | १७ करोड ३९ लाख | |
| भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा | १५ करोड ३० लाख | |
| भूमि सुधार तथा मालपोत कार्यालय धनगढी | १४ करोड १७ लाख | |
| मालपोत कार्यलय बुटवल | १२ करोड १५ लाख |
