मंगलबारको तुलनामा ०.२१ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय २५.७० विन्दुमा उक्लेको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.७० अंकले बढेको छ । मंगलबारको तुलनामा ०.२१ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय २५.७० विन्दुमा उक्लेको छ । योसँगै नेप्से पछिल्लो तीन दिनदेखि लगातार बढेको हो ।
बुधबार कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्यो, १०४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रहृयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या थोरै भएकाले समग्र नेप्से बढेको हो ।
सो दिन कुल ५८ हजार ९६ पटकको सेयर कारोबारमा ८५ लाख ९८ हजार ४ सय २४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार सेयर बजारमा ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
