नेप्सेमा १८.३७ अंकको वृद्धि

नेप्से परिसूचक बढे पनि सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम घटेको छ ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

NEPSE gains 18.37 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १८.३७ अंकले बढेको छ । ०.७० प्रतिशतको वृद्धिपछि समग्र नेप्से २६१९.९९ बिन्दुमा उक्लिएको हो । सोमबार नेप्से ६.७४ बिन्दुले बढेको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १८७ कम्पनीको सेयर मूल्य बढ्यो, ६१ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

व्यापारबाहेक सबै उपसमूहको सूचक बढेको छ । व्यापार उपसमूह ०.५२ अंकले घट्यो । होटल तथा पर्यटन १०३.१३, निर्जीवन बिमा ९६.८७, जीवन बिमा ९२.०७, विकास बैंक ८३.९१ अंकले बढे । कुल ५५ हजार ७८ पटकको सेयर किनबेचमा ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच भए ।

नेप्से परिसूचक बढे पनि सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम घटेको छ । सोमबार ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको कारोबार भएकामा मंगलबार ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

स्वस्तिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । नारायणी विकास बैंकको ९.९९, एसवाई प्यानल नेपालको ९.९८, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ७.०४ र लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशतले सेयर मूल्य बढ्यो ।

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको ४.१६, लक्ष्मी बैंक डिबेञ्चर (२०८६) को २.८०, निफ्रा ग्रिन इनर्जी डिबेञ्चर (२०८८र८९) को २.८०, बोटलर्स नेपाल (बालाजु) को २ र सिभिल बैंक डिबेञ्चर (२०८८) को १.९९ प्रतिशतले सेयर मूल्य घट्यो ।

कान्तिपुर

Link copied successfully