४ महिनामा भित्रियो झन्डै ७ खर्ब रेमिट्यान्स

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१.४ प्रतिशतले बढी हो ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Nearly 700 billion remittances received in 4 months

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१.४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ कात्तिक महिनामा मात्र १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो । ‘गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ,’ राष्ट्र बैंकको चार महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘गत वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।’

गएको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या बढेकाले रेमिट्यान्स आप्रवाह बढेको हो । जसअनुसार चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्विकृति लिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully