कहिले सकिन्छ ७ वर्षदेखिको दाउन्ने सडक-सास्ती ?

नारायणगढ–बुटवल सडक विस्तार सुरु भएको सात वर्ष बित्दा पनि दाउन्ने खण्डमा ट्राफिक जाम, धुलो र अपूर्ण निर्माणका कारण यात्रुले सास्ती भोगिरहेका छन् ।

मंसिर २८, २०८२

विमल खतिवडा

When will the 7-year-long road tragedy in Daun end?

What you should know

दाउन्ने (पश्चिम नवलपरासी) — कतै कर्ल्भट बनाउन सडकमा ठूलाठूला खाल्डा बनाइएका छन् त कतै ढलानको काम भइरहेको छ ।

पानी हालेर सहज बनाउने कोसिस गरिए पनि धुलो उडेर यात्रु, चालकसहित स्थानीयवासी लामो समयदेखि स्वास्थ्य समस्या भोगिरहेका छन् ।

नारायणगढ–बुटवल सडक विस्तार थालेको सात वर्ष पुग्नै लाग्दा पनि दाउन्ने खण्डको सास्ती अझै हटेको छैन । १४ किलोमिटर खण्डमा यात्रु र चालकले दैनिक सास्ती भोग्नुपर्ने बाध्यता छ । 

धेरै ठाउँमा कालोपत्र सकिए पनि दाउन्ने खण्डमा ट्राफिक जामको समस्या बढी छ । भत्काएर साँघुरो बनाएको सडकमा मालवाहक सवारीसाधन पल्टिँदा यात्रुले थप ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

When will the 7-year-long road tragedy in Daun end?

अरुण खोला र गिरबारी पुलको निर्माण अझै सकिएको छैन । जसले गर्दा पुराना साँघुरा पुलमा ट्राफिक जाम हुने गरेको छ । अरुणखोला र डन्डा बजारको केही खण्डमा अझै सडक कालोपत्र भएको छैन । नारायणगढ–बुटवल सडकको केही–केही खण्डमा बल्ल कालोपत्रको तयारी हुँदै छ ।   

विस्तार थालिएको १ सय १३ किलोमिटर सडकमध्ये ८२.४६६ किमि चार लेन र १९.३४ किमि दुई लेन कालोपत्र गरिएको आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने ६४ पुलमध्ये ५८ र ४ सय ६८ कल्भर्टमध्ये ४ सय ५६ वटा निर्माण भइसकेका छन् । सुरुका दिनमा समस्या भए पनि अहिले धेरै काम भइसकेका कारण आउने बर्खामा सडकमा कुनै समस्या नहुने आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालको दाबी छ । ‘सुरुमा यस सडकमा धेरै समस्या भयो, यात्रु, चालकले निकै सास्ती भोग्नुपर्‍यो,’ उनले भने, ‘अहिले दाउन्नेमा मात्र समस्या छ ।’ 

When will the 7-year-long road tragedy in Daun end?

उनका अनुसार दाउन्ने खण्डमा पनि निर्माण व्यवसायीलाई तीन महिना भित्र काम सक्न भनि सकिएको छ । पहिलाको जस्तो अहिले समस्या नभएको दाबी नारायणगढ–बुटवल सडक योजना, पश्चिम खण्डका प्रमुख पशुपति ज्ञवालीले बताए । ‘दाउन्नेमा अहिले पनि समस्या त छ, तर पहिला जस्तो छैन,’ उनले भने, ‘साँघुरो खण्ड भएकाले काम गर्न गारो भएको छ, मालवाहक सवारीसाधनका कारण बढी ट्राफिक जाम हुने गरेको छ ।’

When will the 7-year-long road tragedy in Daun end?

मालवाहक सवारीसाधन बढी मात्रामा उकालोमा पल्टिने गरेका कारण तत्काल हटाउन समस्या हुने गरेको छ । ‘यस खण्डमा तीन लेन सडक बन्ने हो, साँघुरो भएकाले समस्या छ,’ ज्ञवालीले भने ।

When will the 7-year-long road tragedy in Daun end?

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully