बुधबार नेप्से करिब ५ अंकले घटेको थियो । बिहीबार पनि बजारले सोही प्रवृत्ति पछ्याएको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १.६६ अंकले घटेको छ । बुधबारको तुलनामा ०.०६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७.३७ विन्दुमा ओर्लेको छ ।
बुधबार नेप्से करिब ५ अंकले घटेको थियो । बिहीबार पनि बजारले सोही प्रवृत्ति पछ्याएको हो ।
सो दिन कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्यो, १४९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रहृयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से घटेको हो ।
बिहीबार कुल ६९ हजार ७ सय २९ पटकको सेयर कारोबारमा ७७ लाख ६८ हजार ६ सय १ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । बुधबार सेयर बजारमा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापारको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटे ।
