कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण भयो : भौतिकमन्त्री घिसिङ 

आयोजनाहरू रूग्ण हुनुमा सबै दोषी रहेको मन्त्री घिसिङले बताए।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

The project became sick not only due to the contractor's decision-making but also due to the employees' failure to make decisions: Minister of Physical Sciences Ghising

काठमाडौँ — भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । 

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 

'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना प्रमुख वा कर्मचारीले निर्णय नगर्दा पनि रूग्ण बनेका छन् । कर्मचारीहरू निर्णय गर्ने कामबाट छल्नु हुँदैन ।'

आयोजनाहरू रूग्ण हुनुमा सबै दोषि रहेको घिसिङले बताए । 'हामी सबै दोषी छौं । हामी सबैले आआफ्नो क्षेत्रबाट काम गरेका छौ कि छैनौं,' उनले भने । 

क्षमता अभिवृद्धि गर्न कन्ट्रयाक्टर समिट गर्नुपर्ने उनले बताए । 'ठूला कन्ट्रयाक्टरले अरूलाइ दिन्छ । अनि काम नभएसी अन्तिममा आफैले गर्छ, ' उनले भने, 'त्यसैले कन्ट्याक्ट्रहरूको क्षमता अभिवृद्धि गर्नु पर्छ ।'

कान्तिपुर

Link copied successfully