साताको सेयर : सबै दिन नेप्से ऋणात्मक, ७५ अर्बले खुम्चियो बजार

गत साता ४ करोड २९ लाख ८० हजार कित्ता सेयर किनबेचमा २१ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । उक्त अवधिमा फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूह घटेको एनपी स्टक्सले जनाएको छ ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Shares of the week: NEPSE negative all day, market shrinks by 75 billion

What you should know

काठमाडौँ — गत साता नेप्से परिसूचक ४४.८६ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशतको गिरावटपछि २६ सय ३१ दशमलव १७ विन्दुमा ओर्लिएको छ । यस अवधिमा ६४ कम्पनीको सेयर मूल्य बढ्यो, १९३ को घट्यो ।  

यी कम्पनीले कमाए 

यी कम्पनीले गुमाए 

सातामा चार दिन कारोबार हुँदा नेप्से सबै दिन घट्यो । नेप्से आइतबार २६.५१, सोमबार ४.२८, मंगलबार ०.५३, बुधबार १३.५२ अंकले घट्यो भने बिहीबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । गत साता ४ करोड २९ लाख ८० हजार कित्ता सेयर किनबेचमा २१ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । उक्त अवधिमा फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूह घटेको एनपी स्टक्सले जनाएको छ । फाइनान्स कम्पनीको १.९५ र उत्पादन तथा प्रशोधनको भने १.८२ प्रतिशतले बढेको छ । 

व्यापार उपसमूहको परिसूचक ०.२०, होटल तथा पर्यटनको ०.४५, जलविद्युत्को ०.८९, निर्जीवन बिमाको १.१७, विकास बैंकको १.२३, लघुवित्तको १.२५, अन्यको १.७३, लगानीको २.७६, बैंकिङको ३.०७ र जीवन बिमाको ३.४४ प्रतिशतले घटेको छ । 

सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, हिम स्टार ऊर्जा कम्पनी, बुंगल हाइड्रो लिमिटेड, माबिलुङ इनर्जी लिमिटेड, नारायणी विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले आफ्नो सेयर मूल्य बढाए । 

जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु बैंक, उन्नति सहकार्य लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, दोल्ती पावर र ओरियन्टल होटल्स्का लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाए । 

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेनस, युनाइटेड मोदी हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, बन्दीपुर केबलकार एन्ड टुरिजम, युनियन हाइड्रोपावर, ग्रिन भेञ्चर्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, नेपाल रिइन्स्योरेन्स र जोशी हाइड्रोपावर अघि रहे । 

हिमालयन रिइन्स्योरेन्सको ६६ करोड ९१ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ५७ करोड १ लाख, ङादी ग्रुप पावरको ५५ करोड १५ लाख, माउन्टेन इनर्जी नेपालको ५२ करोड ६२ लाख, बन्दीपुर केबलकार एन्ड टुरिजमको ४९ करोड १५ लाख, युनियन हाइड्रोपावरको ४६ करोड ५३ लाख, ग्रिन भेञ्चर्सको ४३ करोड ४६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४१ करोड ४३ लाख, नेपाल रिइन्स्योरेन्सको ३७ करोड ४४ लाख र जोशी हाइड्रोपावरको ३६ करोड ७६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत साताभर नेप्से दोहोरो अंकको गिरावटपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ७५ अर्ब ३१ करोड ७९ लाख रुपैयाँले घटेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully