संघको वार्षिक साधारणसभाले नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई सदस्यमा चयन गरेको हो ।
काठमाडौँ — वाणिज्य बैंकहरूको छातासंगठन नेपाल बैंकर्स संघको कार्यकारी सदस्यमा चार जना बैंकर चुनिएका छन् ।
संघको वार्षिक साधारणसभाले बुधबार रिक्त रहेको सदस्य पदमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई सदस्यमा चयन गरेको हो । तीमध्ये मानन्धर पुनः सदस्यमा दोहोरिएका हुन् । बाँकी तीन जना नयाँ प्रवेश गरेका हुन् ।
यसअघि सदस्य रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएको थियो । प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरको एक कार्यकाल सकिए पनि उनी दोस्रो कार्यकालका पुनः चुनिएका हुन् ।
यसअघि सदस्य चुनिएका एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेको कार्यकाल बाँकी । यसकारण खाली रहेका चार सदस्यमा नयाँ चयन गरिएको हो ।
